सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

काठमाण्डौं । जेठ–७, सोमबार सुनको मुल्य घटेको छ । आइतबार सम्म भएको सुनको कारोबार अनुसार सोमबार प्रति तोला १०० रुपैँयाले घटेर कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोमबार छापावाला सुन तोलामा ५८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी तेजावी सुन पनि प्रतितोला १०० रुपैयाँले घटेर ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मुल्य भने स्थिर रहेर प्रतितोला ७ सय ७० मा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाकारी दिएको छ ।