केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

सहयात्रा टिभी

सल्यान । जेठ–७, गर्भवती बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सोमबार सल्यानको बागचौर नगरपालिका वडा नं. २ चिलढालेबाट गर्भवति बोकेर थारमारे जाँदै गरेको प्राथमिक स्वास्थ केन्द्र थारमारेको एम्बुलेन्स दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गर्भवति महिलाकी साथी गएकी ४४ वर्षिय जानकी बुढाथोकि रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ । घाइते चारै जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्