केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकीकृत पार्टीको पहिलो सचिवलय बैठक सम्मपन्न

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–७, बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवलयको बैठक सम्पन्न भएको छ । सोमबार प्रधानमन्त्री सरकारी निवासमा बसेको पहिलो बैठक बिहान १० बजेको लागि बोलाइएको करिब ३ घन्टापछि सुरु भई केही निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकमा ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । बैठकले सातओटै प्रदेश र प्रवासको एकीकरणका लागि सुझाव पेस गर्न पूर्वघटकका इन्चार्ज संयोजक र सहसंयोजक रहने गरी हरेक प्रदेश र प्रवासका लागि चार–चार सदस्यीय कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन । कार्यक्रममा केन्द्रीय कार्यालयको सञ्चालनको निम्ति दुई अध्यक्षले केही समयभित्रै निर्णय दिनेगरी जिम्मेवारी दिइएको सचिवालयका प्रवक्ता श्रेष्ठले बताए। संगठनात्मक एकीकरणको प्रक्रिया अगाडि बढाउन विधानको परिपूरक हुनेगरी नियमावली निर्माण गर्न एक मस्यौदा कार्यदल गठन पनि गरिएको छ ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्