केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरीमा डुबेर चार जना बालिकाहरुको मृत्यु

सहयात्रा टिभी


भैरहवा । जेठ–७, सोमबार रुपन्देही लुम्बिनीको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चार जना बालिकाहरुको डुबेर मृत्यु भएको छ ।

बिहान ११ बजेतिर पोखरीमा नुहाउन पुगेका बालिकाहरु पौडिन नसकेपछि मृत्यु भएको हो ।

पोखरीमा बालिकाहरु डुबेको देखेपछि वडा नम्बर–११ का अध्यक्ष अकरामद्धिन खाँनले प्रहरीलाई जानकारी गराएका थिए ।

उनीहरु नुहाउदा पोखरीमा पौडिन नसकेपछि डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ  ।

उक्त पोखरीमा अरु बेला पनि धेरै बालबालीहरु नुहाउन जाने गरेको त्यहाको स्थानिय बासीले बताएको छ । मृतक  बालीकाहरु एउटै दाजुभाइको छोरी रहेको बताइएको छ । शवलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्