केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सहयात्रा टिभी


झापा  । जेठ–८, झापाको गाउपालीका–५ स्थित पाडाजुँगीमा गएराति सवारी दुर्घटना हुदां दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राजु लिम्बू र विमला लिम्बू दुवैजनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक ३१ वर्षीय राजु लिम्बू र पछाडि बसेकी २५ वर्षीया विमला लिम्बूको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्