केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वीर अस्पतालमा निर्देशक डाक्टर भूपेन्द्र कुमार बस्नेतको मनपरी

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–८, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका निर्देशक डाक्टर भूपेन्द्र कुमार बस्नेतले मनपरी गर्न थालेको त्यहाँ कार्यरत डाक्टर र कर्मचारीहरुको गुनासो छ ।

आजभन्दा डेढ वर्ष अघि तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले बस्नेतलाई वीरको निर्देशकमा नियुक्ति गरेका थिए ।

उनले डाक्टरहरुलाई विभिन्न अड्को थापेर अप्ठ्याारो बनाउने, कर्मचारीलाई पनि मनपरी सरुवा गरिदिने, अदालतको निर्णयलाई समेत चुनौति दिनेजस्ता हर्कत पछिल्लो दिनमा गर्न थालेको ती कर्मचारीको गुनासो छ ।

नियुक्त भएको सुरुका दिनहरुमा केहि सुधारका कामहरु समेत गरेका बस्नेतले पछिल्लो समयमा लापरवाही तथा मनपरि गर्न थालेको कर्मचारी तथा डाक्टरहरुको भनाई छ । कांग्रेस भएर वीरमा निर्देशकको रुपमा नियुक्त भएका उनी नियुक्ति पछि भने आफु नेकपाको मान्छे हो भनि हिड्ने गर्छन् ।

बस्नेत वीर अस्पतालमा रहँदा सम्म आफुहरुलाई काम गर्न निकै कठिन हुने डाक्टर, नर्स र अन्य कर्मचारीहरुको भनाइ छ ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्