३३ किलो सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–८,सुन तस्करी गर्दै आएका गिरोहका नाइके गोरे चुडामणि उप्रती पक्राउ परेका छन । विमानस्थलबाट ५ वर्ष देखि तस्करीमा संलग्न भएको गोरेलाई गृहमन्त्रालयको विशेष छानबिन समितिले पक्राउ गरेको हो ।

विहान करिब साढे पाँच बजेको समयमा काठमाण्डौंको गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको छानविन समितीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । उनी विमानस्थलका एयरलाइन्सका कर्मचारी र प्रहरीसंग कुरा मिलाएर सुन तस्करी गर्दै आएका हुन ।

गोरेलाई छानबिन समितिले गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी आजै सार्वजनिक गर्न लागिएको छ । समितिका अनुसार गोरे काठमाण्डौं आएको सूचनाका आधारको क्रममा पक्राउ परेका हुन ।

गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए । हत्याको अनुसन्धनमा गोरेले सुन तस्करी धन्दा गर्ने कुरा बाहिर आएको हो ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्