केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनीमा विकास निर्माणका काम समय मै सक्न आग्रह

सहयात्रा टिभी

भैरहवा । जेठ–८,लुम्बिनी क्षेत्रमा विकास निर्माणमा सुरु भएका योजना समय मै पुरा गर्न नागरिक समाज लुम्बिनीले सरकारलाई जानकारी गराएको छ ।

नागरिक समाजले ज्ञापनपत्र बुझाउँदै  जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निर्माण भइरहेको विकासका कामहरु समय मै सक्न र ढिलाइ नगर्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।

लुम्बिनीको निर्माण सडक, पुलको अवस्था, विकास निर्माणमा कामको गुणस्तर, धुलो, ध्वनी प्रदूषण तथा फोहोरमैलाको समस्य भएको कारण काममा ढिलाइ नगर्न बताइएको छ ।

लुम्बिनीको पर्यटन प्रवर्धन र विकास निर्माणमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताएका छन । प्रदूषणका कारण लुम्बिनीको अस्तित्व नै खतरामा पुगेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको बताइएको छ ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्