केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रकवि घिमिरेलाई उपाचारको लागि भारत लैजाने तयारी

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–९, राष्ट्रकवि मादवप्रसाद घिमिरेलाई उपचारको लागि आज भारत लाने तयार गरिएको छ । उनी २ हप्ता अघि देखि धापासीस्थित अन्तराष्ट्रिय ग्राण्डी अस्पतलमा भर्ना भएका थिए ।

चिकित्सक डा विवेक शर्माले उनको  सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेपछि थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताएका छन। घिमिरेलाई उपचारको लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको हो ।

आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनको छोरी उषा अधिकारीले बताएकी छिन । छोरी अधिकारीले बुधबार अपराह्न ५ बजे नेपाली सेनाका चिकित्सक डा शिवविक्रम सिलवाल र छोरा इन्दीवरका साथ उनलाई भारत लैजाने तयारी गरिएको बताइन् । राष्ट्रकवि घिमिरेलाई निरन्तर आन्तरिक रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्