केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरीको गोली लागी ९ जनाको मृत्यु २० जना घाइते

सहयात्रा टिभी

एजेन्सी । जेठ–९, भारतको दक्षिणी राज्य तामिल नाडुमा प्रहरीले चलाएको गोली लागी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागी उक्त घटना भएको हो । घटाना बारे अन्य बिस्तृत विवरण भने आइसकेको छैन् ।

घटनाबाट मृत्यु भएका सम्पूर्ण नागरिकहरुको आफन्तहरुलाई सरकारले राहत वितरण गर्ने छ भने घाइतेहरुको उपचार खर्च पनि सरकारले नै बेहोर्नेछ ।

करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि गरेपछि प्रहरीले बल प्रयोग गर्नु परेको स्थानीय मन्त्री डि जयाकूमारले बताए ।

स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका हुन् ।

खानीबाट आउने ग्यासँका कारण सैँयौ नागरिकलाई समस्या भएकोले स्थानीय नागरिकहरुले खानी बन्द गर्न माग गर्दै आएका थिए ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्