केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्री बिना मगरको सम्पत्ति विवरण सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–९, सरकारले मन्त्रीहरुको  सम्पत्तिको विवरण सार्वजनिक गरेको छ । २२ सदस्यीय मन्त्रिपरिषदमा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

सरकार गठन भएको ९८ औ प्रधानमन्त्री तथा मन्त्रिपरिषद  कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको हो । खानेपानी मन्त्री विना मगरको पनि सम्पति विवरण सार्वजनिक भएको छ । उनको सम्पतिको नाममा पाच तोला सुन आफ्नो रहेको पाइएको छ ।

बुधबार सार्वजनिक भएको उनको सम्पत्ति विवरणमा प्रकाश दाहालको नाममा रहेको स्कुटर पनि उल्लेख गरिएको छ । उनले पेस गरेको सम्पतिको विवरण अनुसार ५ तोला सुन र १६ तोला चाँदी पनि रहेको प्राप्तिको स्रोत पैतृक सम्पत्ति बताएकी छिन ।

उनको सम्पति विवरणमा चितवन भरतपुरमा श्रीमान प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जग्गा र सासु सीता दाहालको नाममा रहेको १ कठ्ठा जग्गा पनि उल्लेख गरेकी छन् ।

श्रीमान प्रकाश दाहालको नाममा हालकै नामको स्कुटर पनि मन्त्री मगरको सम्पत्ति विवरणमा राखिएको छ। मन्त्री विना मगरको नाममा एक रुपैयाँ पनि नगद नरहेको पाइएको छ ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्