केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुबईमा एक नेपालीले डलरसंग पाएको झोला पुलिसलाई बुझाएपछि सम्मानित

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–९, दुबईमा एक नेपालीले १ लाख १८ हजार अमेरिकि डलर फिर्ता गरेका छन । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फेला पारेर पुलिसलाई बुझाएका हुन्  ।

उनले झन्डै (करिब १ करोड २८ लाख नेपाली रुपैयाँ) सहितको झोला दुबई पुलिसलाई बुझाएका छन ।डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ ।

उनले दुबईको मल अफ इमिरेट्सको भुइँतलामा रहेको कफी सपमा ग्राहकले छाडेको झोला नगद सहित भेटेपछि तत्काल सुरक्षाकर्मी र म्यानेजरलाई खबर गरेका थिए ।

कार्कीलाई इमान्दारी काम भएको भन्दै दुबई पुलिसले इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र प्रदान गरेको छ । उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु पनि रहेका थिए ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्