कोलकता आईपीएलको क्वालिफायरमा

सहयात्रा टिभी

एजेन्सी । जेठ–१०, आइपिएल क्रिकेटमा कोलकता नाइटराइडर्स राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको छ।

प्ले अफ् चरणअन्तर्गत गएराति भएको इलिमिनेटरमा पराजित टोली राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

कोलकाताले भने अब फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ ।

खेलमा कोलकाताको तर्फबाट कप्तान दिनेश कार्तिकले ३८ बलमा ५२ रनको योगदान दिए। शभमान गिलले १७ बलमा २८ रन र आन्द्रे रसेलले २५ बलमा नटआउट ४९ रन बनाएका थिए।

जवाफी ब्याटिङमा राजस्थानले ४ विकेटको क्षतिमा १ सय ४४ रन मात्र जोड्न सक्यो। राजस्थानका लागि अजिन्का राहाणेले ४६ रन र सन्जु सामसनले ५० रन जोडेपनि उनीहरूले कोलकाताविरूद्धको खेलमा जित दर्ता गर्न सकेनन्।

टस हारेर पहिले व्याटिङ गरेको कोलकाताको शुरुआत निकै खराब थियो । सुनिल नरेन ४ रन बनाएर आउट भए । उनी पहिलो ओभरमै कृष्णप्पा गौतमको शिकार भए । त्यसपछि गौतमले नै रोबिन उथप्पालाई ३ रनमा आउट गरे ।

चौथो ओभरमा जोफ्रा आर्चरले नितिश राणालाई ३ रनमा आउट गरे । चौथो विकेटको रुपमा क्रिस लिन आउट भए । उनी १८ रनमा श्रेयस गोपालको बलमा आउट भए । शुभमन गिलले २८ रन बनाउन सके ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्