केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलात्कारीलाई बचाउन खोज्ने प्रहरी अधिकारीलाई कारबाही

सहयात्रा टिभी

सुनसरी । जेठ–१०, बलात्कारको घटनालाई ढाकछोप गरी बलात्कारीलाई सजायबाट बचाउन खोन्ने प्रहरी अधिकारीहरुलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ ।

गत पुस १६ गते सुनसरीको इटहरीमा १४ वर्षकी किशोरीमाथि भएको बलात्कारको घटनालाई ढाकछोप गर्न खोजेको भन्दै तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाही गरिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरि उनको एक वर्षको ग्रेड समेत रोक्का गरिएको छ भने प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइदिएको छ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्