केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साढे ३३ केजी सुन प्रकरणको आरोपमा नेकपाका कार्यकर्ता पक्राउ

सहयात्रा टिभी

विराटनगर । जेठ–११, ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङबाट एक जना पक्राउ परेका छन ।

बिहीबार मोरङ उर्लाबारीको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता रेवत आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्लाबाट गएको प्रहरीको टोलीले बिहीबार साँझ साढे ९ बजे नियन्त्रणमा लिएको छ । प्रहरीले आचर्यलाई पक्राउ गरेको विषयमा स्वातन्त्र रुपमा पुष्टि गरेको बताइएको छ ।

उनलाई अदालतमा चुडामणि उप्रेती ‘गोरे’ले दिएको आधारमा प्रहरीले पक्राउ गरेको बताइएको छ । उनको उर्लाबारी ५ घर भएका आचार्यको सुन पसल रहेको बताइएको छ ।

मोरङका कार्यवाहक प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान थापाले यो विषयमा थप खुलाउन नचाएको बताइएको छ । गएको संसदको चुनावमा गोरेसँग सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराउने व्यक्ति आचार्य रहेका थिए  ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्