केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृहमन्त्रालयले दाइजोको लागि नँया कानुन तयार

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–११,विवाहमा ४० ग्राम भन्दा बढी सुन दाइजो दिन नपाइने कानुन बन्ने भएको छ । गुहमन्त्रलयले तयार पारेको सामाजिक सुधार विधेयकमा ४० ग्रामभन्दा बढी सुन दाइजो दिन नपाइने कानून बन्ने भएको हो ।

दाइजो र भोजभतेर गर्दा विभिन्न समस्य भएकोले गर्दा मन्त्रलयले नयां ऐन बनाएको बताइएको छ । विवाहमा आउने व्यक्तिले दुलाहा वा दुलहीलाई पाच सय भन्दा बढि उपहार दिन नपाइने विधयेकमा व्यवस्था गरिएको छ । विवाह र अन्य भोजभतेरको खर्च १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा रहेको छ ।

सामाजिक व्यवहारमा भड्किलो प्रदर्शन गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ ऐन ल्याउनु परेको मन्त्रालयले जनाएको छ । समाजमा यस्ता प्रवृतिले धेरैलाई असर पु¥याएको बताइएको छ । यस्ता किसिमको विकुतिलाई हटाउन गृहमन्त्रलयले नयां कानुन बनाएको हो ।

कानून मन्त्रालयबाट परिमार्जन भएर आएको विधयेकलाई केही दिनभित्रै संसदमा पेश गर्ने गृहमन्त्रलयको तयारी छ। सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ । विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ । ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाइने बताइएको छ ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्