केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बसको ठक्करबाट मोटरसाइकलमा सवार ३ जनाको मृत्यु, एक घाइते

सहयात्रा टिभी

तनहुँ । जेठ–१३, बसको ठक्करबाट मोटरसाइकलमा सवार ४ जना मध्ये ३ जनाको मृत्यु भएको छ । शनिबार पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले विपरीत दिशामा गुडिरहेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकललाई पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

मोटरसाइकलमा ४ जना सवार थिए । ४ जना मध्ये २ जनाको घटनास्थलमा नै मृत्यु भयो भने एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको र एक जनाको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनाबाट मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज र २२ वर्षीय सञ्जय चौधरी रहेका छन् । मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको भने गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्