केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरियन भाषाको परीक्षा ८२ हजारले दिँदै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१३, सन् २०१९ का लागि कोरियन भाषाको परिक्षा असार २६ र २७ गते सञ्चालन हुने भएको छ ।  यो वर्षामा ८२ हजार २३५ जना परीक्षार्थीले परिक्षा दिने भएका छन ।  

यसमध्ये काठमाण्डौँबाट ६० हजारले परीक्षा दिने र १२ हजार परीक्षार्थीलाई पोखराबाट नै परीक्षा दिने व्यवस्था मिलाएको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिएका छन । परिक्षा दिन आउदा परीक्षार्थीले आफ्नो प्रवेशपत्र र सक्कली राहदानी सबैले अनिवार्य ल्याउनु पर्ने  पनि उनले बताए ।

कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकोले नतिजा आउन समय नलाग्ने भण्डारीले बताएका छन । उनले गतवर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २९ जनाको र्फम रद्ध गरिएको जानकारी दिएका छन ।

यस वर्ष परीक्षा केन्द्र काठमाण्डौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा केन्द्र तोकिएको छ । परीक्षामा दिन आउँदा परीक्षार्थीले  मोबाइलसहित कुनै पनि स्मार्ट डिभाइसहरु ल्याउनु नहुने ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्