केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोम च्यानल नं १०८ मा नेपाली चलचित्र ‘टिचर’ हेर्न सकिने

सहयात्रा टिभी
काठमाण्डौं । जेठ–१३, डिशहोमको च्यानल नं. १०८ मा नेपाली कथानक चलचित्र ‘टिचर’ प्रशारण भइरहेको छ । डिशहोम च्यानल नं. १०८ मा विहान ८ बजे, दिउँसो १२ बजे, दिउँसो ४ बजे र बेलुका ८ बजे उक्त चलचित्र हेर्न सकिने छ । प्रति शो को रु २२५ तिरेर डिशहोमका ग्राहकहरुले घरमै बसि बसि शो हेर्न सकिने व्यवस्था डिस होमले मिलाएको हो ।
डिशहोमका ग्राहकहरुले विभिन्न तरीकाबाट सिनेमा हेर्न सक्ने छन् । मोबाइलबाट sms साधारण पठाएर सिनेमा हेर्न सकिन्छ । यसका साथै CasID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय CasID नम्बर राखी ३२५८० वा ३२५०० मा sms पठाएर पनि चलचित्र हेर्न सकिनेछ ।
डिशहोमबाट
विहान ८ बजेको शो हेर्नको लागि –SMS Command: MOD CasID a,
दिउँसो १२ बजेको शो हेर्नको लागि –SMS Command: MOD CasID b,
दिउँसो ४ बजेको शो हेर्नको लागि –SMS Command: MOD CasID c,
बेलुकी ८ बजेको शो हेर्नको लागि –SMS Command: MOD CasID d मा sms पठाएर शो हेर्न सकिन्छ । यसका साथै डिशहोम ग्राहक सेवा केन्द्र (१६६० ०१ २२००० वा ०१–४२१७६६६) मा फोन गरेर पनि सिनेमा हेर्न सकिन्छ । डिशहोमबाट घरमै बसेर सिनेमा हेर्नको लागी सेट–अप बक्समा कम्तिमा पनि रु २२५ भने अनिवार्य रुपमा हुनपर्नेछ ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्