केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोली प्रहार गरी भाग्ने दुई जना पक्राउ

सहयात्रा टिभी

धनगढी । जेठ–१३, कैलालीमा गोली प्रहार गरी लुटपाट गरेर भागेका दुई जना प्रक्राउ परेका छन । कैलालीको धानगढी चौरमा निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार रकम लुटेका हुन् ।

बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी  कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।

प्रहरीले पक्राउ गरेकाहरुलाई नाम सार्वजनिक गरेको छैन । लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जना अपरिचित ब्यक्तिले धनगढीको सव्जीमण्डीमा गोली प्रहार गरि रकम लुटेका हुन्। प्रहरीका अनुसार कार्कीको अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको बताएको छ ।

उनको दायाँ हातमा गोली लागेर हड्डी टुक्रा–टुक्रा भएको र छातीको बाहिर सामान्य घाउ भएको प्रारम्भिक रिपोर्टले देखाएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्