केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालबाट एक लाख घरेलु कामदार पठाउन साउदिको प्रस्ताव

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१३,नेपाललाई साउदी अरवले एक लाख घरेलु कामदार पठाउन आग्रह गरेको छ । श्रम सम्झौता भएपछि तत्कालै एक लाख घरेलु कामदार नेपालबाट लैजाने गरी आग्रह गरेको हो ।

नेपालबाट साउदी अरबमा घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको र दुई देशको बीचमा औपचारिक सहमतिमा हस्ताक्षर भएपछि मात्रै यो अवस्था परिवर्तन हुने नेपाली कुटनीतिज्ञले बताए ।

साउदीले एक लाख घरेलु कामदार पठाउने प्रस्ताव गरेको नेपाली दूतावासका डेपुटी हेड आनन्द शर्माले बताएका छन । उनले सरकारले केहि समयभित्रमा यस विषयमा निर्णय लिने बताए ।

शर्माले कामदारको सुरक्षा र कल्याणको लागि घरेलु कामदार पठाउने कार्य अहिले रोकिएको पनि उनले प्रष्टीकरण दिएका छन । प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताए ।

उपयुक्त तलब घरेलु कामदारले ‘प्रति महिना १५ सय ९४५ हजार रुपैयाँ०’ पाउने श्रम सम्झौतामा औपचारिक हस्ताक्षर भएपछि नेपालले एक लाख कामदार पठाउने पनि उनले जानकारी दिएका छन । प्रस्तावको बारेमा अध्ययन र छलफल भइरहेको र त्यो सुरुआती चरणमा रहेको शर्माले बताए ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्