केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छोराछोरी निजि विद्यालयमा पढाए तलबमा कटौती गरिने

सहयात्रा टिभी

इलाम ।जेठ–१३, इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने सरकारी कर्मचारी र जनप्रतिनिधिहरुलाको तलबभत्ता कटाउने निर्णय गरेको छ ।

नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो।

सरकारी विद्यालयका शिक्षकहरुले सरकारी जागीरबाट कमाएको रकमले आफ्ना छोराछोरीलाई निजि विद्यालयमा पढाउने हुँदा सरकारी विद्यालयमा लापरवाहि हुनुको साथै सरकारी विद्यालयप्रतिको विश्वासमा समेत कमी आउने भएकाले यस्तो नीति बनाइएको गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए ।

उनका अनुसार शिक्षामा भएको असमानतालाई न्युनिकरण गर्न यो नीति कडाइका साथ कार्यान्वयन गरिने छ । कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने बताइएको छ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्