७० वर्षीय महिलाले ८ औँ सन्तानलाई जन्म दिँदै
सहयात्रा टिभी
एजेन्सी । जेठ–१४, मेक्सिकोमा एक ७० वर्षीय महिलाले आफ्नो ८ औँ सन्तानलाई जन्म दिँनेभएकी छन् । अहिले ६ महिनाकी गर्भवती रहेकी सिनालोआस्थित मजत्लासन क्षेत्रकी बासिन्दा ७० वर्षकी मारिया डी लालुसले पेटमा भएकी छोरीलाई जन्म दिँदैछिन् ।
७ वटा सन्तानकी आमा भइसकेकी लालुसले आफु गर्भवती भएको कुरा निश्चित गर्न विभिन्न १० वटा किल्निकहरुमा परीक्षण गराइन र आफ्नो पेटमा छोरी रहेको कुरामा पनि स्पष्ट भइन ।
७० वर्षको उमेरमा ८ औँ पटक गर्भवती भएको देखेपछि डाक्टरहरु पनि अचम्ममा परेका छन् । लालुसले गर्भावस्थामा देखिने लक्ष्यणहरु आफुमा देखिन थालेपछि गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड पनि गराएकी थिइन् ।
उनी यो उमेरमा गर्भवती भएको कुरा कसैले नपत्याएपछि उनले मिडिया मार्फत अल्ट्रासाउण्ड रिर्पोट नै सार्वजनिक गरेकी थिइन ।


