केपी ओली प्रचण्ड माधव नेपाल एमाले


७० वर्षीय महिलाले ८ औँ सन्तानलाई जन्म दिँदै

सहयात्रा टिभी

एजेन्सी । जेठ–१४, मेक्सिकोमा एक ७० वर्षीय महिलाले आफ्नो ८ औँ सन्तानलाई जन्म दिँनेभएकी छन् । अहिले ६ महिनाकी गर्भवती रहेकी सिनालोआस्थित मजत्लासन क्षेत्रकी बासिन्दा ७० वर्षकी मारिया डी लालुसले पेटमा भएकी छोरीलाई जन्म दिँदैछिन् ।७ वटा सन्तानकी आमा भइसकेकी लालुसले आफु गर्भवती भएको कुरा निश्चित गर्न विभिन्न १० वटा किल्निकहरुमा परीक्षण गराइन र आफ्नो पेटमा छोरी रहेको कुरामा पनि स्पष्ट भइन ।

७० वर्षको उमेरमा ८ औँ पटक गर्भवती भएको देखेपछि डाक्टरहरु पनि अचम्ममा परेका छन् । लालुसले गर्भावस्थामा देखिने लक्ष्यणहरु आफुमा देखिन थालेपछि गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड पनि गराएकी थिइन् ।

उनी यो उमेरमा गर्भवती भएको कुरा कसैले नपत्याएपछि उनले मिडिया मार्फत अल्ट्रासाउण्ड रिर्पोट नै सार्वजनिक गरेकी थिइन ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्