केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलात्कारको आरोपीलाई ७ वर्षको जेल सजाय, ९० हजार क्षतिपूर्ति

सहयात्रा टिभी

तेह्रथुम । जेठ–१४,  १५ वर्षीय बालिकामाथि बलात्कार गर्ने आरोपीलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले बालिकालाई बलात्कार गरेको आरोपमा सात वर्ष कैदको फैसला सुनाएको हो ।

सार्कीले आफ्नै घरमा बस्ने १५ वर्षकी नाताभित्रकी बालिकामाथि बलात्कार गरेका थिए । पटक पटक बालिकामाथि बलात्कार गरेको भन्ने उजुरी परेपछि उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।

अदालतका सूचना अधिकारी गोपाल खनालका अनुसार सार्कीलाई बलात्कारको अपराधका लागी ६ वर्ष र हाडनातामा करणी गरेकाले थप एक वर्ष गरी जम्मा ७ वर्षको जेल सजाय र ९० हजार क्षतीपूर्ति तोकिएको छ ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्