केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धरौटी बढाएर म्यानपावर कम्पनी बन्द गर्ने योजना

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१४, सरकारले म्यानपावर कम्पनि सञ्चालनका लागि ४ देखि ५ करोड रुपैयाँ धरौटी रकम राख्ने गरी नयाँ वैदेशिक रोजगार ऐन ल्याउने तयारी गरिरहेको छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले आइतबार म्यानपावर व्यवसायीसँग छलफल गर्दै यस्तो कुरा गरेका हुन । श्रममन्त्री बिष्टले यो ऐनमा ठूलो रकम धरौटीका रुपमा राख्नु पर्ने भएमा म्यानपावर व्यवसायीसँग तोकिएको धरौटी तिर्ने र बाध्यात्मक रुपमा मर्जमा जान मात्रै विकल्प हुने बता्एका छन ।

उनले धरौटी रकम पु¥याउन नसके म्यानपावरलाई निश्चित समय दिएर मर्जरमा जान दिने गरी छलफल अघि बढेको बताए। अहिले धेरै मयानपावरको विदेशी कम्पनीसंग सम्पर्क छैन । विदेशका म्यानपावर एजेन्टबाट मागपत्र ल्याउने र एजेन्टबाटै कामदार ल्याएर ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्न धरौटी रकममा ब्यापक वृद्धिको योजना तयार भएको हो ।

तर, म्यानपावरवाले भने त्यसको विरोध गरेका छन् । जे–जस्तो भए पनि धरौटी रकममा भारी वृद्धि गर्ने योजनामा पछि नहट्ने मन्त्रालयका अधिकारीहरुले बताएको छ । ठगी गर्ने प्रयोजनका लागि जो पनि यो व्यवसायमा आउने प्रवृत्ति हटाउन सरकारले यस्तो तयारी गरेको श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्