केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मी कारागारका कैदीलाई सिलाइकटाइ तालिम दिईने

सहयात्रा टिभी

गुल्मी । जेठ–१४,गुल्मी जिल्ला गुल्मीका कैदीहरुलाई तालिम दिने भएको छ । कारागार गुल्मीको आयोजनामा बन्दी रहेको पुरुषहरुलाई एक महिने सिलाइकटाइ तालिम दिन लागेको हो ।

गुल्मी कारागारको आर्थिक संयोगमा १० जना कैदीहरुको लागि तालिम राखिएको जिल्ला प्रहरी प्रमुख गोपालप्रसाद पाण्डेले जानकारी दिएका छन । बन्दी भएर जीवन बन्द रहन रुपमा नभएर उनीहरुलाई दक्ष बनाउन सिपमुलक तालिम दिन लागेको हो । कारागार गुल्मीबाट ५० हजार आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको पाण्डेले बताएका छन ।

तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले कैदीहरुलाई लगनशिल भएर सिप आर्जन गर्न आग्रह गरेका छन । उनले सीप र काम हुँनेहरुसँग सबै डराउने भएकाले यहाँ सिकेका ज्ञान उपलब्धी मुलक ढंगले सिक्न आग्रह गरेको हो । उनले सिप हुने मान्छे कहिले पनि पछि नपर्ने सिपको धेरै महत्व रहेको बताएका छन ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्