केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गणतन्त्र दिवसको दिन नेता बालकृष्ण ढुङ्गेल जेलमुक्त

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१५,द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल जेलमुक्त भएका छन । गणतन्त्र दिवसको अवसरमा बाँकी कैद माफी भएपछि नेता बालकृष्ण ढुंगेल जेलबाट छुटेका हुन ।

गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी कैद समय माफी पाई ढुङ्गेल मंगलबार रिहा भएको हो ।

ढुंगेल ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यासम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका थिए । उनलाई सर्वोच्चको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल १४ कात्तिक ०७४ देखि जेल चलान भएका थिए ।

ढुंगेलले सोही मुद्दामा यसअघि सात वर्ष जेल सजाय बिताइसकेका छन् । उनका शुभचिन्तक र आफन्तले खादा लगाएर उनको स्वागत गरेका छन् । उनको स्वागतको लागि देवी खड्का लगायत तत्कालीन माओवादी नेताहरु कारागार पुगेका थिए ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्