केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सालकको खपेटा सहित दुइजना पक्राउ

सहयात्रा टिभी

मोरङ । जेठ–१५, सोमबार सालकको खपेटा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबारेबाट इलाम तर्फ गइरहेको मोटरसाइकल चेक गर्दा सालकको खपेटा भेटिएपछि मोटरसाइकलमा सवार दुवै जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट ४.२ किलोग्राम सालकको खपेटा बरामद गरिएको थियो । पक्राउ पर्नेमा संखुवासभा चेपुवा स्थायी घर भई हाल धरान–१५ तुलसीपथ अस्थायी बसोबास गर्दै आएका ५० वर्षीय किफुर्वु भोटे र देउमाई नगरपालिका–४ का २८ वर्षीय सन्तोष मगर रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्