केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारी कर्मचारीले न्यूनतम भन्दा कम तलबमा काम गर्न बाध्य

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१६,अस्थाइ रुपमा सरकारी कार्यलयमा कार्यरत करार र रिक्त दरबन्दी पदमा काम गर्ने कर्मचारीले परिश्रमिकभन्दा कम तलब पाइएको छ । सरकारी कार्यलयमा ४२ हजारभन्दा बढी कर्मचारीले अस्थाई, करारमा काम गर्दै आएका छन ।

न्युनतम परिश्रमिक नपाउने कर्मचारी विभिन्न निजी रोजगार दाता संस्थाबाट सरकारी कार्यालयमा काम गर्न आएको एक उच्च सरकारी कर्मचारीले जनाएका छन ।

यसरी प्राइभेट सेक्टरबाट नियुक्ति भएर आएका कर्मचारीले सरकारले तोकेको परिश्रमिक भन्दा कम तलब सुविधामा काम गर्नुपरिरहेको ती कर्मचारीको भनाइ छ । परिश्रमिकका विषयमा पछिल्लो समयमा न्युनतम गरिएको एक अध्ययनले यस्तो तथ्य खुलासा गरेको हो ।

श्रम मन्त्रालयले न्यूनतम परिश्रमिक भन्दा कम तलबमा कामदारले काम गरेको पाइएमा यस्को समस्य तत्काल समाधान गरिने जनाएको छ । प्राइभेट सेक्टरबाट आएका कर्मचारीले न्यूनतम परिश्रमिकबिना नै काम गरिरहेका महेशप्रसाद दाहालले बताएका छन । सरकारले तोकेको न्यूनमत पारिश्रमिक १७ हजार ७ सय १० रुपैयाँ रहेको छ । तर, कर्माचारीहरुले तोकिएको तलब भन्दा कम तलबमा काम गर्न वाध्य रहेको बताइएको छ ।

सरकारले निर्धारण गरेको भन्दा कम तलबमा काम लगाइएको पाइएमा कानुनले दिएको अधिकार प्रयोग गरेर कारर्वाही गर्ने सचिव दाहालले जानकारी दिएका छन । विभिन्न संघसंस्थासँग कम्प्युटर प्रविधिमा काम गर्ने कर्मचारीले न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित हुँदै आएका छन् ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्