केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मानव अधिकार उल्लंघन गर्नेलाई कालोसूचीमा सार्वजनिक गरिने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१६,राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार हनन गर्ने व्यक्तिहरुलाई कालो सुचीमा राख्ने तयारी गरेको छ । राज्यको सेवा–सुविधा भोग गरिरहने परिपाटी रोक्न र अन्त्य गर्नलाई कालो सुचीमा सार्वजनिक गर्न लागेको हो ।

आयोगको निर्देशिकामा मानवअधिकार तथा मानवीय कानुनको गम्भीर उल्लंघनमा संलग्न र पद वा अधिकारको प्रभावमा पारी मानवअधिकार उल्लंघनमा संलग्नलाई लक्षित गरिएको छ ।

मानवअधिकार आयोग ऐन र अन्य ऐनहरुले दिएको अधिकारलाई एकीकृत तथा त्यससँग बाझिने कानुनहरुको संशोधन गर्नका लागि समेत पहल थालेको बताइएको छ । आयोगले पटक–पटक सिफारिस कार्यान्वयनका लागि दबाव दिए पनि सरकारले बेवास्ता गर्दै आएपछि बाध्य भएर आफैं कालोसूची निर्माणको कार्यमा जुटेको आयोग अध्यक्ष अनुपराज शर्माले सार्वजनिक रुपमा भन्दै आएका छन् ।

त्यसैगरी जानी–जानी मानवअधिकार विरुद्धको अपराधमा संलग्न, राज्यशक्तिको दुरुपयोग गरेको भनी आयोगले गरेको सिफारिसमा परेका र आयोगले गरेका सिफारिसहरु कार्यान्वयन नगर्नेहरु पनि यस्तो सूचीमा समावेश हुने आयोगको निर्देशिकामा उल्लेख छ ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्