केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चट्टयाङ लागेर कम्तिमा ५० जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । जेठ–१६, भारतमा चट्टयाङ लागेर कम्तिमा ५० जनाको मृत्यु भएको छ । उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङ र ठूलो हावाहुरीका कारण ठूलो परिमाणमा मानविय क्षति भएको हो ।तीब्र गतिमा आएको हावा र चट्टयाङका कारण विहारको पूर्वी क्षेत्र सबैभन्दा बढी नराम्ररी ध्वस्त भएको छ । ती क्षेत्रमा कम्तिमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने उत्तर प्रदेशमा १२ जनाको मृत्यु भएको छ ।

धेरै जसोको सुतिरहेकै अवस्थामा चट्टयाङ लागेर मृत्यु भएको थियो । भारतमा २००५ देखि वर्षेनी २००० मानिसहरुको चट्टयाङ लागेर नै मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्