केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिधा खर्च प्रतिदिन रु ६० पुग्यो, कैदीबन्दीमा खुसीयाली

सहयात्रा टिभी

सप्तरी । जेठ–१७, आर्थिक वर्ष २०७५/२०७६ को बजेटमा कैदीबन्दीका लागी सिधा खर्च प्रतिदिन रु ६० पु¥याइएको छ । आश्रीत बालबालीकाहरुका लागी दुध खर्च बापत दिइने रु १० मा वृद्धि गरि रु ३५ पु¥याइएको छ । लामो समयदेखि प्रतिदिन रु ४५ सिधा खर्च प्राप्त गरिरहेका कैदीबन्दीहरुले प्रतिदिन रु ६० प्राप्त गर्ने भएपछि कैदीहरु खुसी भएका छन् । सरकारबाट प्रदान गरिने नगद सिधा समयक्रम सँगै बढेकोमा सरकारलाई धन्यवाद दिदै सप्तरीका बन्दीहरुले सिधा खर्चवापत पाउने चामलको गुणस्तर भने कमजोर रहेको गुनासो गरेका छन् ।

कैदीबन्दीहरुमा सकारात्मक चिन्तन विकास गरी तनाव व्यवस्थापन गर्न राजविराज कारागारमा सञ्चालित शिविरमा गएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहितको टोलीसमक्ष कैदीबन्दीहरुले प्रशस्त गुनासो गरेपनि सिधा खर्च बढेकोमा खुशी व्यक्त गरे।

कैदीहरुले जिल्ला अधिकारी पौडेलसँग कारागारमा शौचालय, खानेपानी, सञ्चार सुविधाको समस्या बताउनुको साथै खेलकूद सामग्रीको पूर्णत अभाव रहेको, पुस्तकालयमा पुस्तकको अभाव रहेको र कुनै पनि सीपमुलक तालिम नभएको भन्दै गुनासो पोखेका छन् ।

उनिहरुले प्रहरी, सरकारी वकिल र अदालतमा तयार गरिने बकपत्रबारे अगावै जानकारी नदिनाले कानुन व्यवसायीसँग सल्लाह लिन नपाउने, वैतनिक वकिल नियमित नआउने र तयार भइसकेको बकपत्रमा हस्ताक्षर गर्नुपर्ने वाध्यता चाँडै अन्त्य हुनुपर्ने आग्रह समेत गरेका छन् ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्