केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कम्युनिष्ट पार्टीले नयां नाम फेर्दै

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१७,नेपाल कम्युनिष्ट पार्टीले अर्कै नाम निर्वाचन आयोगमा दर्ता गराउने भएको छ ।  नाम दर्ता गराएको पार्टीले नंया नामसहित दर्ता गर्ने भएको हो । नयाँ नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ । 

बुधबारको संसदीय दलको बैठकमा उपनेता सुवास नेम्वाङले आमजनता, बुद्धिजीवी, नागरिक समाजको सुझाब र पार्टी अध्यक्षद्वयसँगको परामर्शपछि पार्टीको नाम परिमार्जनका लागि बिहीबार आयोगमा निवेदन दिन लागिएको जानकारी गराएका थिए ।

उनले पार्टी नाम परिमार्जन प्रक्रिया बढिसकेको जानकारी दिदै विहिबार आयोगमा पुगेर औपचारिक पत्राचार गरिने बताएका छन । नयाँ निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टीको नामको पछाडि (नेकपा) पनि रहने बताइएको छ । यसअघि आफ्नो पार्टीको नाम राखेर दर्ता गराएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलले विरोध जनाएका थिए ।

नेकपाकै नाममा कट्टेलको दर्ता छ भने विप्लव नेतृत्वको पार्टी नेकपाकै नाममा सञ्चालित रहेको बताइएको छ । आयोगमा नेकपाले ४४१ केन्द्रिय सदस्यको हस्ताक्षरसहित दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको बताइएको छ ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्