पेट्रोलियम पदार्थको मुल्य वृद्धि

काठमाण्डौँ । जेठ–२०, पेट्रोलियम पदार्थको मुल्यमा फेरी वृद्धि भएको छ । शनिबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको हो ।
पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले वृद्धि भएर पेट्रोलको मुल्य प्रतिलिटर ११३ रुपैँया र डिजल र मट्टितेलको मुल्य प्रतिलिटर ९५ रुपैँया पुगेको छ ।
यस अघि पेट्रोल प्रतिलिटर ११० रुपैँया र डिजल र मट्टितेल प्रतिलिटर ९२ रुपैँयामा कारोबार भएको थियो ।
पछिल्लो मुल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेल र मट्टितेलमा ३.४९ रूपैयाँ घाटा रहेको जनाएको छ। यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा रहेको निगमले जनाएको छ।
लगातार पेट्रोलियम पदार्थको मुल्य बढिरहँदा अन्तर्राष्ट्रिय स्वचालित मूल्य अनुसार इन्धनको मूल्य बढेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए।