केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोरङको पत्रकार दिनेश गिरीमाथि सांघातिक आक्रमण

सहयात्रा टिभी

मोरङ । जेठ–२०, मोरङमा गएराति पत्रकारमाथि सांघातिक आक्रमण भएको छ । मोरङ बेलबारी –१ स्थित घरमा बसिरहेको वेलामा पत्रकार दिनेशगिरी माथि आक्रमण भएको हो ।

उनलाई सात जनाको समुह आएर सांघातिक आक्रमण गरेको प्रहरीले जनाएको छ । उनी बेतना एफएम तथा निरन्तर खबर डटकमका सम्पादक रहेका छन । पत्रकार महासंघले क्रसर उधोगकोबारेमा समाचार लेखेको भन्दै पत्रकार गिरीमाथि आक्रमण भएको बताएको छ । आक्रमणमा संलग्न हुनेहरुलाई पक्राउ गरी कारर्वाही गर्न पत्रकार महासंघले माग गरेका छन ।

आक्रमणकारीहरुले गिरीलाई ढुंगाले हानेर टाउकोमा चोट लागेको बताइएको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । पत्रकार गिरीमाथि आक्रमण गर्ने दुई जनालाई बेलबारी प्रहरीले पक्राउ गरेको छ भने चार जना भने फरार रहेको र उनिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पत्रकारमाथि आक्रमण भएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले आइतबार विज्ञप्ति जारी गरी विरोध गरेका छन ।

प्रकाशित : 3 June, 2018

प्रतिक्रिया दिनुहोस्