केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालिमाटी तरकारी बजारको अनुगमनमा कृषि मन्त्री खनाल

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२१, आज कृषि मन्त्री चक्रपाणि खनालले काठमाण्डौंको कालिमाटी तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा निकै विकृति रहेको गुनासो आएपछि मन्त्री खनालसहितको टोलीले सोमबार बिहान कालिमाटी तरकारी बजारको अनुगमन गरेको हो ।

उनले लगभग तिन दर्जन पसलहरुको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले तरकारीको भाउ र स्टलको भाडा पनि सोधेका थिए ।

कालिमाटी बजार व्यवस्थापन समितिको बोर्डको बैठक बसालेर आवश्यक निर्णय लिइ चाँडै बजार व्यवस्थापन गर्ने कुरा मन्त्री खनाले बताएका छन् । कालिमाटी बजार परिसर भित्र माछा व्यवसाहिबाट बढि फोहोर भएकाले त्यसलाई त्यहाँबाट हटाएर अन्यत्र सार्ने खनालको भनाइ छ । कालिमाटी तरकारी तथा फलफुल बजारबाट काठमाण्डौंका बासिन्दाको माग पुरा नभइरहेको अवस्थालाई ध्यानाकर्षण गर्दै बजार विस्तार र व्यवस्थापनमा जोड दिने खनालले बताए ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्