केपी ओली प्रचण्ड माधव नेपाल एमाले


छुवाछुत गर्नेलाई उन्मुक्ति नदिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२१, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुत गर्नेलाई अन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले छुवाछुत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध हो भन्दै छुवाछुत गर्नेलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उक्त दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राज्यको कानून, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौती भएको बताएका छन् । नेपाल २०६३ सालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भइसकेपनि  अझै छुवाछुत कायम रहेको अवस्थामा प्रम ओलीले जातीय छुवाछुत र भेदभावविरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण नेपालीहरुलाई आहृवान गरेका छन् ।

दलित समुदायको प्रतिनिधित्व हरेक क्षेत्रमा बढाउने गरी कार्य भइरहँदा स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको जानकारी समेत प्रधानमन्त्री आलीले दिएका छन् ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्