केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनसरीमा बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना पक्राउ

सहयात्रा टिभी

सुनसरी । जेठ–२१, सुनसरी जिल्लामा एक महिलालाई बोक्सीको आरोपमा कुटपिट गर्ने तीन युवाहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगैको हरिनगरकी एक महिलाले छोरीको विराम निको पार्न पुजापाठ गर्दै गर्दा बोक्सी भनी कुटपिट गर्ने गढी गाउँपालिका–४ का तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।छोरीलाई देवीदेवता लागेको भनी पुजारीले पुजापाठ गर्न लगाएबमोजिम ती महिलाले पुजापाठ गर्दै गर्दा गढी निवासी सुवालाल मेहताले बोक्सी भनी ती महिलालाई कुटपिट गर्न आफ्ना छोराहरु रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहतालाई आदेश दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

उनीहरुलाई आइतबार बेलुका नै नियन्त्रणमा लिइ आवश्यक कानुनी कारबाही अघि बढाइएको छ भने पिडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्