केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्वालामुखी विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु, १०० भन्दा बढि घाइते

सहयात्रा टिभी

एजेन्सी । जेठ–२१, ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढि घाइते भएका छन् । ग्वाटेमालाको फुएगोमा भएको ज्वालामुखि विस्फोटबाट १७ लाख मानिसहरु प्रभावित भएका छन् ।

ग्वाटेमाला सिटीभन्दा ४० किलोमिटर दक्षिण–पश्चिममा भएको ज्वालामुखी विस्फोटबाट लाभासहित ढुंगा, कालो धुवा र खरानी निस्किएका छन् । ज्वालामुखीबाट निस्किएको लाभाको नदी एल रोडियो नामक गाउँमा पसेर घरभित्रका मानिसहरु जलेर मरेको नेसनल डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाएको छ ।

ग्वाटेमाला सिटीमा ला अउरोरा विमानस्थलमा समेत ज्वालामुखीबाट निस्किएको खरानीको प्रभाव परेको छ । जसले गर्दा विमानस्थल बन्द गरिएको छ ।

ज्वालामुखीबाट मृत्यु हुनेमा धेरै जसो बालबालिकाहरु रहेका छन् । घटनामा उद्दार कार्य जारी रहेको राष्ट्रपति जिमी मोरालेसले जनाएका छन् ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्