केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउदीले दियो, महिलालाई सवारी चलाउने अनुमति

सहयात्रा टिभी

एजेन्सी । जेठ–२२, साउदी अरेबियाले महिलालाई पनि सवारी चलाउन सवारी चालक अनुमति पत्र दिएको छ । सवारी चलाउन हालसम्म महिलालाई अनुमति नदिएको एक मात्र राष्ट्र साउदी अरेबियाले सोमबार दश जना महिलालाई सवारी चालक अनुमति पत्र दिएको हो ।

सोमबार लाइसेन्स लिएका महिलाहरुले आफुसँग भएको विदेशी लाइसेन्सलाई निर्देशनालयमा बुझाएका थिए।

गत वर्ष साउदीका राजाले इस्लामिक कानुनअनुसार महिलाले पनि लाइसेन्स पाउने घोषणा गरेअनुसार महिलालाई लाइसेन्स दिन थालिएको हो । सूचना मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार अर्को हप्तासम्ममा साउदीका दुई हजार महिलाहरुलाई लाइसेन्स वितरण गरिने अनुमान गरिएको छ ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्