सुनचाँदीको मुल्यमा वृद्धि

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२३, आज, बुधबार सुनचाँदीको मुल्य बढेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला १०० रुपैँयाको दरले वृद्धि भइ ५८ हजार एक सय रुपैँयामा कारोबार भइरहेको सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।

यस अघि सुन प्रतितोला ५८ हजारले कारोबार भइरहेको थियो ।

त्यसैगरि आज तेजाबी सुन पनि प्रतितोला ५७ अजार ८०० का दरले कारोबार भइरहेको छ । चाँदीको मुल्य पनि प्रतितोला रु ५ वृद्धि भइ अघिल्लो कारोबारमा ७६० ले खरिदविक्रि भएको चाँदी आज ७६५ ले कारोबार भइरहेको सुनचाँदी व्यवसाहि महासंघले जनाकारी दिएको छ ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्