केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्पको टोकाइबाट वडा अध्यक्षको मृत्यु

सहयात्रा टिभी

मोरङ । जेठ–२४, मोरङ जिल्लाको धनपालनाथ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षको सर्पले टोकेर मृत्यु भएको छ । बुधबार राती शौचालय जाँदा सर्पले टोकेर वडा अध्यक्ष बलिराम भगतको मृत्यु भएको हो ।

३५ वर्षीय वडा अध्यक्ष भगतलाई बुधबार राती ११ बजेतिर सर्पले टोकेको थियो । उनलाई उपचारको लागी विराटनगरको गोल्डेन अस्पताल लगीएको थियो ।

बुधबार राती नै उपचारकै क्रममा अध्यक्ष भगतकोे निधन भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्