केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्धारा एक नेपाली कुटिए

सहयात्रा टिभी

दार्चुला । जेठ–२४, भारतबाट नेपाल फर्कदै गरेका एक नेपाली भारतीय सुरक्षा बल (एसएसबी) द्धारा कुटिएका छन् । बुधबार दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट नेपाल फर्कदै गरेका महाकाली नगरपालिका–१, छापरीका नन्दनराम लुहार एसएसबीद्धारा कुटिएका हुन् ।

एसएसबीको कुटाइबाट ५२ वर्षीय लुहारको आँखामा चोट लागेको छ । उनको हाल दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले जनाएका छन् ।

मदिरा सेवन गरेर आएका लुहारले एसएसबीमाथि अभद्र व्यवहार गरेरकाले उनले पिटेको बताइएपनि घटनाको कारण त्यहि नै हो भन्ने निश्चित नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मदिरा सेवन गरेर आएका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोली दिन भने पछि एसएसबीले उनीमाथि कुटपिट गरेको आफुले जानकारी पाएको प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले बताए ।

घटना पश्चात भारतीय प्रहरी अधिकारी जिल्ला  प्रहरी कार्यालयमा गइ सामान्य छलफल गरेको र फेरी पनि सो विषयमा छलफल हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्