आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गरिँदै

नेपालगञ्ज ।जेठ–२४, नेपालगञ्जमा हुन लागेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ को तयारी भइरहेको छ । आउँदो मंसिरमा हुन लागेको उक्त प्रतियोगितालाई लक्षित गरि भौतकि पूर्वाधार निर्माणका कामहरु धमाधम भइरहेका छन् ।
नेपालगञ्ज रंगशालालाई नयाँ बनाउनका लागी पनि आवश्यक कार्यहरु तीव्र गतिमा भइरहेको छ ।
यसका लागी प्यारापिट बनाउने, ट्रयाक सम्याउने, अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी बनाउने, भारोत्तोलन एकेडेमी बनाउने कार्यहरु भइरहेको समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । त्यसैगरि भलिबलको स्टेडियम र सुटिङ रेन्ज र कभर्डहल निर्माण कार्य पनि जिल्लाको सीतापुरमा भइरहेको अध्यक्ष ओलीले जनाएका छन् ।
उक्त खेलको तयारीका लागी हालसम्म लगभग ४० प्रतिशत काम भइसकेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले जानकारी दिएको छ । उक्त राष्ट्रिय खेलकुद प्रतियोगीताको सहयोगको लागी अन्य विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने क्रम पनि बढेको पाइएको छ ।