स्वरोजगारी र बचत वृद्धि गराउने लक्ष्यका साथ १२ बुँदे घोषणापत्र जारी गर्दै सकियो साकोस गोष्ठी
काठमाडौं । जेठ २५, दुई दिनसम्म काठमाडौंमा जारी सहकारीको बचतलाई उत्पादनमा परिचालन गर्ने प्रतिवद्धतासहित १२ बुँदे घोषणापत्र जारी गर्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को तेस्रो शिखर साकोस गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीले वित्तिय पहुँच कमजोर भएका वर्ग, समुदाय र क्षेत्रमा पहुँच विस्तार गरी उद्यमशीलता, स्वरोजगारी र बचत वृद्धि गराउने लक्ष्यका साथ आगामी दिनमा थप तदारुकता साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
साथ्र, घोषणापत्रमा स्थानीय तह, प्रदेश र संघमा कानुनी संहितालाई व्यवस्थित र साकोसमैत्री बनाउन, सहकारी ऐन २०७४ ले व्यवस्था गरेको स्थिरीकरण कोषलाई जोखिम बहन गर्न सक्ने तहमा पु(याउन पहल गर्ने अठोट पनि गोष्ठीले गरेको छ ।
सहकारीको जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितताका कार्यक्रम विस्तार गर्ने, वित्तीय क्षेत्रमा नविनतम प्रविधिहरुको विकास एवं उपलब्ध प्रविधिहरुको अबलम्बन गर्दै उच्चस्तरको प्रतिष्पर्धी र भरपर्दो विधुतिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ ।
यस्तै गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । गोष्ठीमा देशभरबाट ६ सय भन्दा बढी सहकारीकर्मी र अन्तर्रा्ष्ट्रिय विज्ञहरुको समेत सहभागिता रहेको थियो ।