तिम्रो कोख गल्ती हैन आमा मानवको महत्त्वकांक्षा बढेको हो

मानिसवाट मर्दैछ
मानवता दिनप्रतिदिन
बन्दैछ मानिस क्रुर दिनप्रतिदिन,
तिमी मान या नमान आमा
तिम्रो सन्तानमा मानवताको
हैन राक्षसको वास हुदै
गएको छ दिनप्रतिदिन,
कहिले अवोध बालिकामाथि
बलात्कार त कहिले छाउपडिको
नाममा मार्दैछ आफ्नै छोरी बहिनी
अब त हुदांहुदां आफ्नै आमासरी
आमालाई मार्यो छुवाछूतको आडमा,
न बुझ्छ उसले पीडा,
न सुन्छ उसले पुकार
साच्चै १आमा कस्तो राक्षसको
वास भयो यो मानवमा,
हैन हैन आमा यो तिम्रो कोख गल्ती हैन
तिम्रो कोखवाट संग्लै मान्छेले जन्म लिएको हो
निअपराध र गुनिले नै जन्म लिएको हो,
वस गलत उसको आवश्यक भन्दा
बढी बढ्दै गएको महत्त्वकांक्षा हो
अनि भड्किलो र विसंगतिले भरिएको
आधुनिकतातर्फको अग्रसरता हो !!
यमुना थापा,
जसले निरन्तर रुपमा www.sahayatratv.com मा साहित्यीक आलेखहरु लेख्दै आएकी छन् ।