डा. उपेन्द्र देवकोटाको आईसियुमा उपचार हुदै, अप्रिय हल्लाले परिवार थप पीडामा

काठमाडौं । जेठ २६, बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा स्वास्थ्य अवस्था गम्भिर बनेको छ । शुक्रबार साँझबाट उहाको अवस्था गम्भिर भएपछि वांसवारीस्थित न्युरो अस्पतालको आईसियुमा राखिएको छ। तर डा. देवकोटाको निधन भएको हल्ला एक्कासी समाजिक संजाल फेसबुकमा भाइरल भएपछि मध्यरात्ती समवेदना प्रकट गर्नेहरुको भीड लाग्यो । सरासर यो खबर पूर्ण रुपमा गलत भएको पुष्टि भएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बसन्त देवकोटाका अनुसार डा। उपेन्द्रलाई भेन्टिलेटरबाट बाहिर निकालिएको बताएका न्छ । तर डा। देवकोटालाई अहिले पनि आईसीयुमै राखिएको छ। शुक्रबार राती उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि परिवार थप पीडामा छ ।
पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटाको बेलायतमा उपचार भएको थियो । न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा फैलिएको अफवाहमा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ ।