केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनआरएन छैठौ क्षेत्रीय सम्मेलन आगामी भदौ ८ र ९ मा यूएईमा हुदै

सहयात्रा टिभी

युएई । जेठ २७, एनआरएनले छैठौ क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको जनाएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौं क्षेत्रीय सम्मेलन भने आउँदो भदौ ८ र ९ गते युएईमा हुने भएको छ । मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागीतामा सो सम्मेलन गरिने भएको हो ।

त्यस्तै, अमेरिकामा आगामी जुन १६ र १७ मा हुने एनआरएनको सातौं साधारण सभा तथा विज्ञ सम्मेलन पनि हुनेछ । विज्ञ सम्मेलनको लागि नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथिको रुपमा जाँदै हुनुहुन्छ । सो सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारीहरु लगायत विभिन्न देशवाट एनआरएनएका पदाधिकारीहरु सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागी हुन नेपालबाट मन्त्री, सांसद, राजनीतिक दलका नेता तथा व्यवसायीहरू जाने भएका छन् ।

प्रकाशित : 10 June, 2018

प्रतिक्रिया दिनुहोस्