केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फिफा विश्वकप–२०१८ को भव्य उद्घाटन यसरी हुनेछ

सहयात्रा टिभी

जेठ २९, विश्वकप फुटबलको उद्घाटन समारोह रसियामा भव्यताका साथ हुँदैछ । विश्वकप फुटबलमा आकर्षक उद्घाटन समारोह समावेश गर्ने चलन सुरु भएको छ । ब्राजिलमा भएको विश्वकपको उद्घाटन समारोह अहिलेसम्मकै सबैभन्दा भव्य उद्घाटन समारोह थियो र केही हदसम्म त्यो ओलम्पिक्सको उद्घाटन भन्दा कम थिएन । यसपटक रूसमा हुने विश्वकप फुटबलको उद्घाटन समारोह कस्तो हुनेछ भन्ने पूर्ण विवरण बाहिर आएको छैन । पश्चिमेली मिडियालाई मान्ने हो भने रूसले उक्त विवरण उद्घाटनअघि बाहिर ल्याउने पनि छैन, किनभने रूसको काम गर्ने शैली नै यस्तै छ ।

मिडियाले अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ ९फिफा० को स्रोत प्रयोग गरेर उद्घाटन कार्यक्रमका सम्बन्धमा केही न केही जानकारी भने फुत्काएका छन् । उक्त जानकारीअनुसार रूसले विश्वकप उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न गर्नेछ र यो लगभग दुई घण्टाको हुनेछ । आयोजक रूस र साउदी अरेबियाबीच हुने खेलअघि यो कार्यक्रम मस्कोको प्रसिद्ध लुजनिकी स्टेडियममै हुनेछ । उद्घाटन कार्यक्रम ब्राजिलको उद्घाटन समारोहभन्दा केही फरक हुनेछ ।

उद्घाटन समारोह स्थानीय समय अनुसार ४ बजे प्रारम्भ हुनेछ र पहिलो खेल सुरु हुने समयअघिसम्म चल्नेछ । तय छ, पूरा विश्वकपका फुटबल प्रेमीको नजर उक्त कार्यक्रममा हुनेछ । अहिलेसम्म प्राप्त जानकारी अनुसार उक्त कार्यक्रममा स्पेनी ओपेरा गायक प्लासिडो डोमिन्गोले गीत गाउनेछन् । यस्तै आफ्नो स्वर प्रस्तुत गर्नेमा पेरुबाट जुवान डिएगो फ्लोरेज पनि हुनेछन् । यी दुई गायकले सुरुमा रेड स्क्वायरमा गीत गाउनेछन् । त्यसपछि उनीहरू मूल उद्घाटन समारोहमा देखिनेछन् ।

उनीहरूलाई कार्यक्रममा साथ दिनेमा एडा गारिफुलिन, एल्बिना सागिमुराटोभा, युसुफ इभाजोभ, इल्डर अबड्राजोकोभ, डेनिस मास्तुभ व एना नेट्रेबको छन् । कार्यक्रममा प्रस्तुत हुने नृत्यमा ५ सय जनाको सहभागिता हुनेछ । त्यत्तिकै संख्याका जिम्न्यास्टहरूले पनि आफ्नो प्रदर्शन गर्नेछन् । यी सबै प्रस्तुतिको मूल आधार भने रूसी संस्कृति नै हुनेछ । उद्घाटन समारोहको मूल विषय नै रूसी संस्कृतिको फरक आयाम हो ।

विश्वकपको गीत

फुटबलको विश्वकप भनेपछि त्यससँगै अचेल गीत पनि जोडिएर आउँछ । धेरैको मनमा अझै पनि पुराना विश्वकपका गीत होलान, जस्तो, रिकी मार्टिनको ‘ओले, ओले, ओले’ र सकिराको ‘वाका वाका’ । यसपटकको विश्वकपको गीत हो— ‘लाइभ इट अप’ । यसका गायक हुन्— अमेरिकी र्‍यापर वेस्ली पेन्टज । उनी डिप्लो नामले बढी चिनिन्छन् । यो गीत सार्वजनिक भैसकेको छ, तर भिडियो भने विश्वकप सुरु भएपछि मात्र उपलब्ध हुनेछ । विश्वकपको उद्घाटनका दौरान यसलाई नाम चलेका गायक–गायिकाहरूले प्रस्तुत गर्नेछन् । ग्रामी एवार्ड विजेता डिप्लो भन्छन्— यो गीत सुनेर नाच्न नचाहने कमै होलान् ।

लोगो

चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको लोगो त्यति आकर्षक थिएन । यसै कारण लोगोका लागि यसपटक रूसले प्रशस्तै मेहनत गरेको छ । जति बेला विश्वकपको लोगो सार्वजनिक गरियो, सबैले माने, यो विशेष छ । यसका डिजाइन पोर्चुगलको लिस्बनस्थित संस्था ब्रान्डिया सेन्ट्रलले गरेको हो ।

कलाका पारखीमध्ये जसले यसलाई पहिलो पटक हेर्छन्, प्रायस्ले भन्ने गरेका छन्, यसमा जादु छ । खासमा यसले रूसी कला र इतिहासको प्रतिनिधित्व गर्छ । लोगो फेरि एकपटक ट्रफी स्वरूपमै छ । यसमा पनि सेतो र नीलो रंग नै प्रयोग गरिएको छ । यसले पनि रूसी झण्डाकै प्रतिनिधित्व गरिरहेको छ ।

लोगोको सबैभन्दा माथि बल छ र यसले स्पुटनिकको प्रतिनिधित्व गरिरहेको छ । स्पुटनिक पहिलो आर्टि्फिसियल–स्याटलाइट हो । यसमा रहेका ताराले अन्तरिक्षलाई संकेत गर्छ । यसको अर्थ रूसलाई आफ्नो पुरानो र लामो अन्तरिक्ष कार्यक्रममा गर्व छ, यसले बाँकी विश्वलाई फेरि एकपटक ती दिन सम्झना दिलाउन चाहन्छ ।

यसको तलतिर मानव शरीरको पनि प्रतिनिधित्व छ र यो फुटबलका पारखीहरूप्रति समर्पित छ । यो स्वरूपले खुसीयाली मनाइरहेको छ । आयोजकहरूको विश्वास छ— यसपटकको विश्वकपले पूरा विश्वलाई फुटबलको माध्यमबाट खुसी दिनेछ । समग्रमा यसपटकको लोगो निकै आकर्षक छ र पूरा प्रतियोगिताका क्रममा यो जताततै छाउनेछ ।

मस्कट

विश्वकप–२०१८ को मस्कट हो— जाबिभाका । यसको रूसी अर्थ हुन्छ— जसले गोल गर्छ । फुटबलका लागि त यो खुबै सुहाउने अर्थ हो, अर्थात् जसले गोल गर्छ, त्यसैले खेल जित्छ, अनि जसले खेल जित्छ, उसैले विश्वकप जित्ने हो । जाबिभाकामा फ्याउरो छ, ऊ निकै आत्मविश्वासी देखिन्छ, सँगै सुन्दर पनि अनि यसलाई रमाइलो गर्न पनि खुबै मन लाग्छ ।

अरू विश्वकपको जस्तै यसपटकको मस्कटले पनि ठूलो महत्त्व राख्छ, किनभने यसले प्रतियोगिताका दर्शकलाई आकर्षित गर्ने काम गर्छ, मनोरञ्जन दिन्छ । त्यति मात्र होइन, यो रूसको बाँकी विश्वका लागि फुटबल राजदूत पनि हो । तय छ, यो नै विश्वकपका दौरान ‘सेलेब्रेटी’ हुनेछ, अझ भनौं सुपर स्टार ।

यसको चयन कसरी भयो त रु यसको पनि लामो कथा छ । मस्कट छनौटका लागि एक महिनासम्म भोटिङ चलेको थियो, जसमा कम्तीमा दस लाख रूसीले भाग लिएका थिए । आखिर सबैभन्दा बढी मत यही फ्याउरोले पायो । यसको डिजाइनर हुन्, रूसी विद्यार्थी— एकटेरिना बाचोरोभा । भोटिङका क्रममा यसले ५३ प्रतिशत मत प्राप्त गरेको थियो ।

यसले सुन्तला रंगको चश्मा अनि सेतो टी–सर्ट लगाएको छ, जसको बाउला नीलो छ । यसले रूसी झण्डाको प्रतिनिधित्व गरेको छ । यसको अर्को एउटा ठूलो विशेषता हो, यो तस्बिर खिच्न भनेपछि हुरुक्कै हुन्छ, त्यसैले आउने विश्वकपका क्रममा कसैसँग सबैभन्दा बढी सेल्फी खिचिनेछ भने त्यो जाबिभाभाको नै हो ।

अत्याधुनिक प्रविधिको प्रयोग
अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै यसपालि विश्वकप फुटबलमा भीएआर (भर्चुअल एसिस्टेन्ट रेफ्री) प्रविधिको प्रयोग हुँदैछ । भिडियो एसिस्टेन्ट रेफ्रीले यसपालिको विश्वकप फुटबलका ६४ वटै खेलका अफिसियलहरूलाई मद्दत गर्नेछन् भने भीएआरको टिम मस्कोस्थित केन्द्रीकृत भिडियो अपरेसन कोठामा हुनेछ । भिडियो एसिस्टेन्ट रेफ्रीसँग सबै ब्रोडकास्ट क्यामेरा र दुईवटा अफसाइड क्यामेराको पहुँच हुनेछ । यद्यपि भिडियोले खेलमा कुनै पनि निर्णय गर्नेछैन, बरु रेफ्रीलाई कुनै निर्णयमा पुर्याउन मद्दतचाहिँ गर्नेछ ।

के हो भीएआर ?

भीएआर ती व्यक्तिहरूको समूह हो जसले मुख्य रेफ्रीले गरेका निर्णयलाई भिडियो मा रिप्ले हेरेर गल्ती भएको खण्डमा निर्णय लिन सहज बनाउँछ । समूहमा भिडियो एसिस्टेन्ट रेफ्री ९जो खेलमै रेफ्री भैसकेको व्यक्ति हुन्छन्० र उनका सहायकहरू हुन्छन् जो निरन्तर रूपमा भिडियो अपरेसन गर्ने कोठामा रहेर खेललाई निगरानी गरिरहेका हुन्छन् ।

कस्तो बेला भीएआरको प्रयोग हुन्छ ?

१.गोल

खेलका बखत गोल भए–नभएको निर्णय गर्न यो प्रविधिको प्रयोग हुनेछ । अफसाइड र गोलमा भैरहने विवादलाई यसले साम्य गर्ने अनुमान सहजै गर्न सकिन्छ ।

२. पेनाल्टी निर्णय

पेनाल्टी दिने क्रममा कुनै गलत निर्णय हुन नदिन भीएआर प्रविधिको प्रयोग हुनेछ ।

३.रातो कार्ड सोझै दिने अवस्था

खेलाडीलाई सोझै रातो कार्ड दिनुपर्ने अवस्था सिर्जना भए भीएआर प्रविधिमार्फत घटनाको पुनरावलोकन गर्न सकिनेछ ।

४. गलत निर्णय

मुख्य रेफ्रीले अन्जानवश गर्ने गल्ती न्यूनीकरण गरेर त्यसलाई सच्याउन यो प्रविधिको प्रयोग गरिनेछ ।

एभीएआर–१ (असिस्टेन्ट भीएआर)

मुख्य क्यामेरासँगै काम गर्ने एभीएआर–१ ले भीएआरसँग मिलेर खेलको प्रत्यक्ष प्रसारण हेर्दै कुनै घटना भए भीएआरलाई जानकारी गराउनेछन् ।

एभीएआर–२

अफसाइड स्टेसनमा हुने सहायक रेफ्रीले एभीएआर–२ का रूपमा रहँदै अफसाइडको अवस्था आँकलन गर्छन् भने भीएआर चेकको प्रक्रियालाई चुस्त बनाउन भूमिका खेल्छन् ।

एभीएआर–३

टेलिभिजन कार्यक्रमको फिडलाई ध्यान दिँदै यी एसिस्टेन्ट रेफ्रीले भीएआरलाई मद्दत गर्दै भीएआर तथा अफसाइडमा रहेका एभीएआरसँग अन्तक्र्रिया गरिरहनेछन् ।

भीएआर टिमस्

भीएआर टिममा एक जना भिडियो एसिस्टेन्ट रेफ्री तथा तीन जना सहायक भिडियो एसिस्टेन्ट रहनेछन् । सबै रेफ्री फिफाको उच्च पदमा रहेका म्याच अफिसियलहरू हुनेछन् ।

२०१८ को विश्वकप फुटबलका लागि फिफाले १३ जना रेफ्रीको चयन गरिसकेको छ जसले भिडियो एसिस्टेन्ट रेफ्रीका रुपमा काम गर्नेछन् ।

भीएआर

भीएआरले मुख्यतस् मुख्य क्यामेराको अवलोकन गर्छन् । पूरै भीएआर टिमको नेतृत्व गर्ने निर्णायक निरन्तर रेफ्रीसँग पनि संवादमै रहनेछन् ।

भीएआरमा क्यामेराको प्रयोग

भिडियो एसिस्टेन्ट रेफ्रीको टिमसँग सबै क्यामेराको पहुँच हुन्छ । यी क्यामेरामा ३३ वटा ब्रोडकास्ट क्यामेरा हुनेछन्, जसमध्ये ८ वटा ‘सुपर स्लो मोसन’ ४ वटा ‘अल्ट्रा स्लो मोसन’ हुन्छन् । यसका अतिरिक्त यो समूहसँग २ वटा अफसाइड क्यामेराको पनि पहुँच हुन्छ, जसको पहुँच उनीहरूबाहेक अरू कसैसँग पनि हुँदैन । त्यस्तै नकआउट चरणमा गोलपोस्टको पछाडि रहने दुईवटा अतिरिक्त अल्ट्रा स्लो मोसन क्यामेराको पहुँच पनि भीएआर टिमसँग हुनेछ । स्लो मोसन क्यामेराको प्रयोग मुख्यतस् खेलाडीबीच हुने शारीरिक प्रक्रिया, जस्तै जानीजानी अर्को खेलाडीलाई धक्का दिँदा कुन ठाउंमा कसरि छोइयो भनेर विश्लेषण गर्न प्रयोग हुन्छ ।

world cup time

भिडियो एसिस्टेन्ट रेफ्रीले प्रत्येक खेल निरन्तर अवलोकन गर्दै ‘गेम चेन्ज’को अवस्था आए मुख्य रेफ्रीसँग सहकार्य गर्दै निर्णय प्रक्रियालाई सहजीकरण गर्न मद्दत गर्नेछन् । गोल हुँदा, पेनाल्टीको अवसर आउँदा वा कुनै विशेष कारणवश पेनाल्टी र गोल हुँदा, सोझै रातो कार्ड पाउने अवस्था आए वा कुनै गल्ती फेला परे भीएआरको टोली रेफ्रीलाई मद्दत गर्न सधै तत्पर रहनेछ ।

फिफा वल्डकप–२०१८ का रेफ्रीहरूलाई कुन समयमा भिडियो एसिस्टेन्ट रेफ्रीले दिएको जानकारी लिने, कुन समयमा निर्णय लिनुअघि भिडियो फुटेज हेर्ने भन्ने निर्देशन पनि दिइसकिएको फिफाले बताएको छ ।

भर्चुअल अफसाइड लाइन

अफसाइडको निर्णय निकै छोटो समयमा दिनुपर्ने हुनाले धेरैजसो समयमा अफसाइड विवाद पनि आइ नै रहन्छ । यही विवाद न्यूनीकरण गर्न यसपालिको वलर््डकपमा भर्चुअल थ्रीडी अफसाइड लाइन भिडियो रेफ्रीलाई उपलब्ध हुनेछ ।

भारको डेब्यु

जति बेलासम्म अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ ९फिफा० को नेतृत्व सेप ब्लाटरको हातमा थियो, उनले यो खेलमा प्रविधिलाई प्रवेश दिएनन् । ब्लाटर भन्थे, ‘म रहुन्जेल फुटबलमा निर्णयका लागि प्रविधिको मदत लिइनेछैन ।’ नभन्दै उनी जति समय फिफामा रहे, फुटबलले प्रविधिको सहयोग लिन चाहेन । अहिले उनी फिफामा छैनन्, नयाँ नेतृत्व जियानी इन्फान्टिनोको हातमा छ । इन्फान्टिनो फिफामा के आए, फुटबलमा प्रविधिले प्रवेश पाइहाल्यो ।

यी नयाँ अध्यक्ष फुटबलमा प्रविधिको प्रयोगमा उदार छन् । प्रत्येक विश्वकपमा केही न केही नयाँ देख्न पाइन्छ । यसकै शृङ्खलाका रूपमा यसपटक विश्वकपमा ‘भार’ ले डेब्यु गर्दैछ, अर्थात भीएआर प्रविधि । यसको प्रयोग सबैभन्दा पहिले कन्फेडेरेसन कपमा भएको थियो । विश्वकपको तयारीका रूपमा हुने कन्फेडेरेसनकप रुसमै सञ्चालन भएको थियो र त्यसक्रममा ‘भार’ पनि प्रयोगमा आयो । त्यति बेला यो प्रविधि विवादबाट मुक्त त रहेन्, तर सबैले यसको आवश्यकता भने महसुस गरे ।

भीएआरको पूरा रूप हो, भिडियो एसिस्टेन्ट रेफ्री । क्रिकेटमा यो प्रविधि थर्ड अम्पायरका नाममा धेरै अघि प्रयोगमा आइसकेको छ, ।

प्रकाशित : 12 June, 2018

प्रतिक्रिया दिनुहोस्